शिल्पा पनि क्राइम ब्रान्चको वाचलिस्टमा, फेरि सोधपुछ हुन सक्छ
अश्लील फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्राको विषयमा हरेक दिन केही न केही नयाँ खबर बाहिर आउने गरेको छ ।
शुक्रबार राज कुन्द्राको पुलिस हिरासत समय बढाउनुका साथै क्राइम ब्रान्चले शिल्पासँग पनि सोधपुछ गरेको थियो । शिल्पाको नाममा २३ कम्पनी रहेको छ र उनी व्यवसायमा राज कुन्द्राको पार्टनर पनि हुन् । यस अगाडि शिल्पा राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिजको पार्टनर थिइन् । तर उनले गत वर्ष मात्र यो कम्पनीबाट राजीनामा दिएकी थिइन् । मुम्बई पुलिसले सूचना पाएको थियो शिल्पालाई ‘हटशट’ एपको बारेमा धेरै थाहा छ । त्यसैले ५ घण्टा सोधपुछ गरेको थियो ।
एक मिडिया रिपोर्टका अनुसार शिल्पालाई राजको एप हटशटको बारेमा पहिले नै थाहा थियो । किनभने राजले कयौँ पटक एपबाट भएको धेरै आम्दानी शिल्पाको एकाउन्टमा राख्थे । शिल्पा राजको एडल्ट कन्टेन्ट कम्पनी ‘केन्रिन’को पनि पार्टनर हुन् ।
पहिले यस्तो देखिन्थ्यो कि शिल्पाको यस केससँग कुनै सरोकार छैन । तर आज उनी मुम्बई क्राइम ब्रान्च शाखाको निशानामा परेकी छन् । शिल्पा यो केसमा जोडिएकी छन् कि छैन, उनले कम्पनीबाट कुनै आर्थिक लाभ लिएको छ कि भनेर पत्ता लगाएको छ ।
मुम्बई क्राइम ब्रान्चले शिल्पाको बैङ्क खाताहरूको पनि छानबिन सुरु गरेको छ । यस विषयमा शिल्पासँग फेरि सोधपुछ गर्न सक्छ । वियान ईन्डस्ट्रीजबाट उनको राजीनामाको कारण र कम्पनीमा उनको कार्यकालको समय सीमा समेत पत्ता लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण