कोरोनाको तेश्रो लहर आउन सक्छ, तयारी अवस्थामा रहौं : स्वास्थ्य मन्त्रालय
सोमबार, ११ साउन २०७८, १९ : ३९

सरकारले कोरोना संक्रमणको तेश्रो लहर आउनसक्ने भन्दै सातवटै प्रदेश सरकारलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रदेश मातहतका सामाजिक विकास मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको छ । साथै मौजुदा सिलिन्डरहरू पनि खाली नराख्न र अक्सिजन पिएसए प्लान्ट र अक्सिजन ट्यांक तथा अक्सिजन कन्सनट्रयाटर चालु र चुस्त अवस्थामा राख्न समेत आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन