कालिकोटमा केबुलकार निर्माणको तयारी
कालिकोटमा केबुलकार निर्माण गर्नका लागि बृहत छलफल भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा केबुलकार निर्माणको प्रस्तावका विषयमा बृहत छलफल भएको हो । कालिकोट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला हो ।
केबुलकार कालिकोटको नरहरीथान गाउँपालिका– १ कोटावाडा एअरपोर्टदेखि मान्मा जोड्ने गरी बनाउने तयारी भएको छ । यो विषयमा सोमबार कालिकोटका सबै स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्री शाहीले छलफल गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पनि कोटावाडादेखि मान्मा, रारा मुर्माटप र वीरेन्द्रनगर सिद्वपाइला जोड्ने केबुलकार सम्भाव्यता अध्ययन तथा निर्माणका लागि बजेटको व्यवस्था गरिएको उल्लेख छ । यद्यपि, बजेट बक्तव्यमा भने एकिन बजेट छैन् । मुख्यमन्त्री शाहीले अन्य ठाउँभन्दा पहिला आफ्नो गृहजिल्लामा केबुलकार बनाउने हेतुले जिल्लाका सबै पालिका प्रमुखलाई वीरेन्द्रनगर बोलाएर छलफल गरेको स्रोतको भनाई छ।
बैठकमा सहभागी कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले केबुलकार बन्नका लागि झण्डै ९८ करोड बराबरको बजेट व्यवस्थापन गर्ने कुरा जानकारी दिए । कोटवाडा –मान्मा जोड्ने केबलकारको लम्बाइ २ हजार १ सय ३४ मिटर रहनेछ ।
यस्तै कोटवाडातिरको उचाई एक हजार ९ सय ८८ र मान्मातिरको एक हजार ६ सय २ मिटर हुनेछ भने प्रतिसेकेन्ड ८ मिटर गुड्ने कोडवाटादेखि मान्मसम्म पुग्नका लागि १० मिनेट समय लाग्ने गरी केवुलकार बनाउने छलफलको निष्कर्ष छ ।
‘केवुलकारमा प्रतिघण्टा २ सय जनाले आउजाउ गर्न पाउनेछन्,’उनले रातोपाटीसँग भने । केबुलकार बनेको खण्डमा त्यहाँका स्थानीयवासीहरुले यातायातको सेवा पाउनुका साथै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा समेत सघाउ पुग्ने र आर्थिक अवस्थामा समेत परिर्वतन हुने देखिन्छ ।
सो छलफलमा भौतिक पुर्वाधार विकास मन्त्री अमरबहादुर थापा, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव गणेश पाण्डे, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्पराज खड्का, सदस्य दिपेन्द्र रोकाय पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण