वीरेन्द्रनगरमा होटल सञ्चालकसहित ८ जुवाडे पक्राउ
सुर्खेत प्रहरीले सोमबार साँझ एक जना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ। राजधानी वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले उनीहरुलाई जुवा खेलिरहेको अबस्थामा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा हाल वीरेन्द्रनगर-३ तातोपानी बस्दै आएका दैलेखको चामुण्डाका बर्ष ३० किरण विष्ट, वीरेन्द्रनगर–६ रातोपुल बस्ने वर्ष २२ का बखत शाही , दैलेखको डुङ्गेश्वर गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–४ मा बस्दै आएका लोकबहादुर बुढा, गुराँस गाउँपालिका दैलेख घर भई वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने ३० वर्षीय पदमबहादुर बलामी सोही ठाउँमा बस्ने चिङ्गाड गाउँपालिकाका वर्ष ४० का बलहादुर बा्रहघरे रहेका छन् ।
यस्तै गुराँस दैलेखकै वीरेन्द्रनगर ४ बस्ने यामबहादुर रोकाया, अछामको तुर्माखाँद गाउँपालिका घर भई वीरेन्द्रनगर(३ बस्दै आएका ३५ वर्षीय जिवन शाही रहेका छन् । यस्तै होटेल सञ्चालक दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ घर भई वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान बस्ने वर्ष २६ की शकुन्तला न्यौपानेलाई पनि पक्राउ गरिएको डिएसपी घर्तीले जानकारी दिए ।
सोमबार साँझ करिब ८ः ४५ बजेतिर गोप्य सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो । घर्तीले भने,‘प्रहरी निरीक्षक कनक शाहीको कमाण्डमा खटिएको टोलीले नगद २ लाख १४ हजार ९७० र विभिन्न बैँकको ११ थान चेक पनि पक्राउ गरिएको भने प्रभु बैँकको ४ लाख रकम लेखिएको दस्तखत समेत भएको एक थान चेक, एक गडी तास पनि पक्राउ गरिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण