टाटा नेक्सन–इभी नेपाली बजारमा, सुरुवाती मूल्य ३५ लाख ९९ हजार
टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा आएको छ । एकपछि अर्को इलेक्ट्रिक गाडी बजार प्रवेश गराउने होडकाबीच टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नेक्सन–ईभी नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्र्दै नेक्सन–ईभीको विविध सस्करण सार्वजनिक गरेको छ । २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट एसयूभीमा उपलब्ध नेक्सन–ईभीको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजारमै उपलब्ध रहेको छ भने, मिडियम भेरिएन्टको एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र सबैभन्दा महंगो भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान भएको नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ भने एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलरमा तीनवटै भेरिएन्टमा उपलब्ध नेक्सन–ईभी अत्याधुनिक जिपट्रोन प्रविधिमा आधारित भई आकर्षक र सुरक्षित फिचर्सहरुमा निर्माण गरिएको कम्पनीको भनाई छ ।
सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४ हजार ५ सय भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले हाल सम्म १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन ईभीे सबैभन्दा बढी पुरस्कारहरुबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण