कर्णालीमा मिनी ट्रक खस्यो : चालक र सहचालकको घटनास्थलमै मृत्यु
मङ्गलबार, १२ साउन २०७८, २२ : २७
कर्णाली नदीमा मिनी ट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। ट्रक कर्णाली राजमार्ग अन्तरगत कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडमा दुर्घटना भई कर्णाली नदीमा खसेको हो ।
ट्रक दुर्घटना हुँदा चालक दीपक साउद र सहचालक बाजुरा घर भएका वर्ष ३२ का रमेशबहादुर शाही रहेको कालिकोट प्रहरीले जनाएको छ। चालक साउदको भने ठेगाना खुलिसकेको छैन ।
उक्त ट्रक नेपालगञ्जबाट जुम्ला जाँदै गरेको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहका अनुसार मिनी ट्रक सडकबाट झन्डै ३ सय मिटर तल कर्णाली नदीमा खसेको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण