कर्मचारी प्रशासन आतंकित भएको नवराज सिलवालको आरोप
शुक्रबार, १५ साउन २०७८, १३ : ४९
नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारले सुरुवाती काम नै राम्रोसँग गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिलवालले नयाँ सरकार बनेपछि कर्मचारी प्रशासन आतंकित भएको दावी गरे । उनले सरकारका सचिवहरु कहाँ सरुवा हुने हो भनेर आतंकित बनेको बताउँदै सुरुवाती चरणमै सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको बताए ।
उनले सरकारको १ सय दिन नपुगेसम्म आलोचना नगर्ने बताउँदै सांसद सिलवालले प्रधानमन्त्रीले कोभिड खोपको बारेमा ठूलो भाषण गरेको भन्दै कोरोनाको तेश्रो लहर आउन लागेकोले त्यसलाई रोक्न एक्सनमा जानुपर्ने उल्लेख गरे उनले कोभिडको तेश्रो लहरबाट जोगाउन सरकारको के नीति छ त्यो नआएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता
-
मन्त्रिपरिषद्को निर्णय : एरिकादेखि क्रिकेट टोलीसम्मले कति पाउँछन् रकम ?
-
चौधरी ग्रुपले गर्यो भारतको ताज ग्रुपसँग साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात
-
सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट
-
अपर तामाकोसीको पीपीए पुनरावलोकन हुने
-
नेपालको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य बढाउने अन्तर्राष्ट्रिय वित्त निगमको प्रतिबद्धता