नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेकी छिन् । भेटमा दुई देश बिचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालय जनाएको छ ।
उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ठ मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वे बिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहि आएको बताए ।
‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्,’ उनले भने, ‘उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन् । आपसी हितका लागि यी क्षेत्रहरूमा थप सहकार्य गर्नु आजको आवश्यकता हो ।’
उपराष्ट्रपति यादवले विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताए । ‘नर्वे सरकारले विशेष गरी नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरू नेपालका लागि उपयोगी छन्,’ उपराष्ट्रपति यादवले भने, ‘दिगो शान्ति, स्थायित्व, आर्थिक विकासका लागि हाम्रो अभियान जारी छ । नेपालको विकासको पथमा मित्र राष्ट्र नर्वेको निरन्तर साथ र सहयोग रहनेछ भन्नेमा हामी आशावादी छौँ ।’
नेपालका लागि नर्वेका राजदूत ड्रामडलले नेपाल र नर्वेबिच धेरै कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताइन् । नर्वेले जलविद्युत्, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले नर्वेको निजी लगानीकर्ताहरूलाई नेपाल भित्राउने आफू प्रयासरत रहेको समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण