सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट

बिहीबार, २७ वैशाख २०८१, २० : ५६
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग नेपाल भ्रमणमा रहेका एन्टी डोपिङ प्रतिनिधिबिच बिहीबार भेटवार्ता भएको छ ।

भेटमा डेभलोप्मेन्ट नाडो (नेसनल एन्टी डोपिङ अर्गनाइजेसन) तथा रिजनल एन्टी डोपिङ अर्गनाइजेसन (राडो) रिलेसन क्यानाडाकी यिङ कुइ, दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ अर्गनाइजेसन (साराडो) का महानिर्देशक माल्दिभ्सका मोहम्मद सरिफ र साराडोका प्रतिनिधि माल्दिभ्सका हुसैन मोहम्मद सहभागी थिए ।

सो अवसरमा सदस्य–सचिव घिसिङले आफू ‘क्लिन स्पोर्ट्स’ मा प्रतिबद्ध रहेको बताउँदै आगामी दिन राष्ट्रिय खेल संघ, प्रशिक्षक र खेलाडीलाई एन्टी डोपिङ बारे अझ सचेत गराउन प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एन्टी डोपिङका प्रतिनिधिले नेपालले एन्टी डोपिङको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउँदै आफ्नो प्रमुख उद्देश्य सदस्य राष्ट्रलाई सहयोग गर्नु रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप