सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग नेपाल भ्रमणमा रहेका एन्टी डोपिङ प्रतिनिधिबिच बिहीबार भेटवार्ता भएको छ ।
भेटमा डेभलोप्मेन्ट नाडो (नेसनल एन्टी डोपिङ अर्गनाइजेसन) तथा रिजनल एन्टी डोपिङ अर्गनाइजेसन (राडो) रिलेसन क्यानाडाकी यिङ कुइ, दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ अर्गनाइजेसन (साराडो) का महानिर्देशक माल्दिभ्सका मोहम्मद सरिफ र साराडोका प्रतिनिधि माल्दिभ्सका हुसैन मोहम्मद सहभागी थिए ।
सो अवसरमा सदस्य–सचिव घिसिङले आफू ‘क्लिन स्पोर्ट्स’ मा प्रतिबद्ध रहेको बताउँदै आगामी दिन राष्ट्रिय खेल संघ, प्रशिक्षक र खेलाडीलाई एन्टी डोपिङ बारे अझ सचेत गराउन प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एन्टी डोपिङका प्रतिनिधिले नेपालले एन्टी डोपिङको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउँदै आफ्नो प्रमुख उद्देश्य सदस्य राष्ट्रलाई सहयोग गर्नु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण