मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा
संयुक्त विद्यार्थी संगठनहरुले मध्यपश्चिम विश्वविद्यालयमा थप आन्दोलन चर्काउने घोषणा गरेका छन् । आफुहरुले राखेको १८ बुँदे माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै शनिबार थप आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।
जसअन्तर्गत आइतबार भोलि विश्वविद्यालयका सम्पूर्ण सवारी साधन अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने घोषणा छन् ।
आन्दोलनबाट उत्पन्न हुने भैपरी आउने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिनुपर्ने विद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरु सँगै प्राध्यापकहरू केही दिन अघिदेखि उपकुलपति विरुद्ध आन्दोलनमा होमिएका छन् । अनलाइन माध्यमबाट परीक्षा लिन पाउनुपर्ने, कोरोना अवधिको शैक्षिक शुल्क खारेज गर्नुपर्ने लगायतका १८ बुँदे माग गर्दै आएका छन् भने विश्वविद्यालयले कुनै पनि हालतमा अनलाईन परीक्षा गर्ने माग सम्बोधन गर्न नसकिने बताइसकेको छ ।
आन्दोलनका कारण विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण