सुर्खेतमा ‘तपाईंको मास्क खै ?’ अभियान
सुर्खेतमा कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा स्थानीयवासीले लापरबाही गरेपछि सुर्खेत प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ । सुर्खेतमा केही दिनयता कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण दर पुनः बढेको छ । नागरिकहरुले जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचक्य्राइँ गरेका कारण संक्रमण दर बढ्न थालेको विज्ञहरुको भनाइ छ ।
निषेधाज्ञा खुकुलो पारेसँगै प्रदेश राजधानी वीरेन्द्रनगरमा मानिसको आवत–जावत बाक्लिएको छ । होटल रेस्टुराँ खुलेका छन् । राजनीतिक दलहरुले पार्टीका कार्यक्रम तथा भेला आयोजना गरिरहेका छन् । यद्यपि, जनस्वास्थ्यका मापदण्ड पालना नभएका कारण सुर्खेत कोरोनाको ‘हट स्पट’ बन्न सक्ने विज्ञहरु बताउँछन् ।
जनस्वास्थ्यका मापदण्ड पालना गराउने उद्देश्यले सुर्खेत प्रहरीले चोक चोकमा ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरी सार्वजनिक स्थानमा निस्किँदा मास्क अनिवार्य लगाउन अभिप्रेरित गर्न थालेको हो ।
यो अभियानमा नेपाल प्रहरी, सेना र विभिन्न सामाजिक अभियन्ताहरुले साथ दिएका छन् ।
सुर्खेतमा हाल कोरोनाको संक्रिय संक्रमितको संख्या २२७ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण