कर्णालीमा थप १०३ जनामा कोरोना पुष्टि, १ को मृत्यु
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर निरन्तर उकालो लागिरहेको छ । बुधबार थप १०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबार ९२ जनामा संक्रमण देखिएकामा बुधबार बढेर १०३ जनामा संक्रमण देखिएको हो । पछिल्लो केही समयदेखि कर्णालीमा निरन्तर कोरोना संक्रमण दर बढीरहेको छ भने डिस्चार्ज हुनेको संख्या न्युन रहेको छ ।
बुधबार ७१ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ४१ र २४५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
बुधबार सबैभन्दा धेरै ५० जनामा कोरोना संक्रमण देखिएको छ । जुन केही दिन अघिसम्म प्रदेशभरको तथ्याङ्क भन्दा धेरै हो ।
यस्तै रुकुमपश्चिममा १८, कालिकोटमा १२, मुगुमा ५, जाजरकोट, सल्यान र दैलेखमा ४÷४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै जुम्लामा ३ र अन्य १ जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले जानकारी दिए।
यस्तै जुम्लामा बुधबार एकजनाले कोरोना भाइरसको संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् ।
यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५३ पुगेको छ ।
यस्तै प्रदेशमा संक्रिय संक्रमितको संख्या बढेर ७७२ जना पुगेको निर्देशनालयले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण