अस्पतालबाटै अभिनेत्री यशिकाले भनिन्– ‘यो मेरो दोस्रो जन्म हो’
तमिल फिल्म अभिनेत्री यशिका आनन्द हालै सडक दुर्घटनामा परेकी थिइन् । साथीहरुसँग महाबलीपुरमबाट चेन्नई फर्कंदै गर्दा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा यशिकाको एक साथीको समेत मृत्यु भएको छ । सो घटनामा उनीसहित अन्य २ साथी समेत गम्भिर घाइते भएका छन् ।
आफ्नो स्वास्थ्यका लागि चिन्तित फ्यानका लागि उनले दुर्घटना पछिको आफ्नो स्वास्थ्य स्थिति सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । जसमा उनले आफु अबको ६ महिना हिँडडुल गर्न नसक्ने बताएकी छन् । ‘मेरो पेल्विक हड्डी धेरै भाँचिएको छ । म धेरै महिना ओछयानबाट उठ्न सक्षम छैन । यो मेरो दोस्रो जन्म हो’ उनले अगाडि लेखेकी छन्, ‘भगवानले मलाई दण्ड दिनुभएको छ ।’ उनको पोष्टमा फ्यानहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
मदिरा सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण उनी दुर्घटनामा परेको पुलिसले जनाएको छ ।
यशिकाले उक्त पोष्टमा दुर्घटनाबाट आफुलाई बचाएकोमा भगवानलाई धन्यवाद दिएकी छन् भने धेरै मिल्ने साथी गुमाउनु पर्दाको दोष समेत दिएकी छन् । यशिकाको उपचार अहिले चेन्नइको एक निजी अस्पतालमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण