जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
सारांश
- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत जर्मनी र पाराग्वेबिच रोमाञ्चक प्रतिस्पर्धा हुँदै छ ।
- सन् २०१४ मा विश्वकपको उपाधि जितेयता जर्मनी पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।
- पाराग्वे समूह डी मा तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत मंगलबार बिहान जर्मनी र पाराग्वेबिच रोमाञ्चक प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको फक्सबरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान २ः१५ बजे सुरु भएकाे खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ । सन् २०१४ मा विश्वकपको उपाधि जितेयता जर्मनी पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।
जर्मनी समूह ‘ई’ को विजेता बन्दै अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । समूह चरणका सुरुवाती दुई खेलमा लगातार जित निकालेको जर्मनी अन्तिम खेलमा भने इक्वेडरसँग २–१ गोल अन्तरले पराजित भएको थियो । प्रशिक्षक जुलियन नागेल्सम्यानको टोली उक्त पराजयलाई बिर्सँदै पाराग्वेविरुद्ध जित निकालेर अघिल्लो चरण प्रवेश गर्ने दाउमा छ । यस खेलमा विजयी भएमा जर्मनीले अन्तिम १६ मा बलियो टोली फ्रान्सको सामना गर्न सक्नेछ, यदि फ्रान्सले अर्को खेलमा स्विडेनलाई पराजित गरेमा यो भेट निश्चित हुनेछ ।

पाराग्वे विरुद्ध मैदान उत्रिँदा जर्मनीले आफ्नो पूर्ववत् रणनीतिका साथ खेल्ने अपेक्षा गरिएको छ । टोलीका प्रमुख गोलकर्ता २८ वर्षीय डेनिस उन्दाभलाई यस खेलकाे सुरुवती ११ समावेश गरिएकाे छ । रक्षापंक्तिमा भने जर्मनीलाई ठुलो धक्का लागेको छ । एङ्कल चोटका कारण सेन्टर ब्याक निको स्लोटरबेकले विश्वकपका बाँकी खेलहरू गुमाउने भएका छन् । उनको स्थानमा इक्वेडरविरुद्धको खेलमा खेलेका ३३ वर्षीय अनुभवी भेट्रान डिफेन्डर एन्टोनियो रुडिगरले रक्षापंक्तिको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ ।
अर्कोतर्फ, पाराग्वे समूह ‘डी’ मा अमेरिका र अष्ट्रेलियापछि तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको टोली हो । नयाँ संरचना अनुसार ४८ टोली सहभागी यस विश्वकपमा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरू पनि अन्तिम ३२ मा पुग्ने प्रावधानका कारण पाराग्वेले अघिल्लो चरणको टिकट काटेको हो । समूह चरणमा टर्की विरुद्धको जित र अष्ट्रेलिया विरुद्धको बराबरी पाराग्वेलाई नकआउट चरणसम्म पुर्याउन पर्याप्त बनेको थियो । बलियो प्रतिद्वन्द्वी जर्मनी विरुद्ध मैदान उत्रिँदा पाराग्वे ऐतिहासिक नतिजा निकाल्ने दाउमा हुनेछ भने जर्मनी आफ्नो साख जोगाउँदै अघिल्लो यात्रा तय गर्न केन्द्रित हुनेछ ।

फिफा विश्वकप इतिहासमै पाराग्वेको सबैभन्दा ठूलो उपलब्धि सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा क्वाटरफाइनलसम्म पुग्नु हो । उक्त संस्करणको क्वाटरफाइनल खेलमा पाराग्वेले उपाधि विजेता स्पेनलाई कडा टक्कर दिएको थियो । दुवै टोलीले पेनाल्टी प्रहार गुमाएको उक्त अत्यन्तै कठिन खेलको ८३औँ मिनेटमा डेभिड भिल्लाले गोल गरेपछि स्पेन १–० ले विजयी भएको थियो, जसले पाराग्वेको ऐतिहासिक यात्रा टुङ्ग्याएको थियो । पुरानो साख फर्काउने लक्ष्यसहित पाराग्वे बलियो जर्मनी विरुद्ध मैदान उत्रिँदा जर्मनी भने आफ्नो साख जोगाउँदै अघिल्लो यात्रा तय गर्न केन्द्रित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण