मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको रिले अनशन शुरु
मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले बुधबारदेखि रिले अनशन शुरु गरेका छन् । विद्यार्थीले राखेको १८ बुँदे मागको विश्वविद्यालयले बेवास्ता गरेको भन्दै अनिश्चितकालका लागि रिले अनशन शुरु गरेका हुन् । विद्यार्थीहरुले आफुहरुले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयले चासो नदेखाएको भन्दै चरणबद्ध आन्दोलनका क्रममा बुधबार रिले अनशन शुरु गरेका हुन् ।
विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलनमै उत्रिएका छन् । विशेषगरी उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन् । आन्दोलनका कारण विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु सञ्चालन हुन् सकिरहेका छैनन् भने पठन–पाठनमा अवरोध सिर्जना भइरहेको छ ।
एकातिर विद्यार्थीले अनलाइन परीक्षाको माग गरिरहँदा विश्वविद्यालय भने कुनै हालतमा अनलाइनको माध्यामबाट परीक्षा सञ्चालन नगर्ने बताउँदै आएको छ । विद्यार्थी नेतृ ममता अधिकारीले विश्वविद्यालयले विद्यार्थीका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताइन् ।
उनले भनिन्, ‘यदि अनलाइन परीक्षा गर्न सकिँदैन भने हाम्रा अन्य १७ वटा माग पुरा गर्छौँ भनेर विज्ञप्ति नै निकाल्नुपर्यो । अनि मात्र आन्दोलन रोकिन्छ ।’ विश्वविद्यालय प्रशासनले भने विद्यार्थी संगठनहरुसँग वार्ता भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण