कर्णाली राजमार्गमा बसले जिपलाई ठक्कर दिँदा ७ जना घाइते
कर्णाली राजमार्गमा बिहीबार यात्रुवाहक बसले जिपलाई ठक्कर दिँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा जिपमा सवार तीन जना बालबालिका सहित सात जना रहेको प्रहरीले जानकारी दिएको छ ।
दैलेखेको ठाटीकाँध गाउँपालिकाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०२०४ नम्बरको जिपलाई नेपालगञ्जबाट मुगु तर्फ जाँदै गरेको ना ६ ख ७४१ नम्बरको बसले चामुण्डाबिन्द्रासैनी नगरपालिकाको रामाघाटमा ठक्कर दिएको हो।
घाइते हुनेमा सबैजना ठाटीकाँध गाउँपालिकाका रहेको दैलेख प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते हुनेमा ठाटीकाँध गाउँपालिका–३ बस्ने २१ वर्षीया मनिषा सारु मगर, २१ वर्षीया कल्पना तारामी मगर, २८ वर्षीय हिमाल बोगटी, ९ वर्षीया जीवन बोगटी, ७ वर्षीया कमला लामिछाने, १ वर्षीया लिजा आलेमगर रहेका छन् । यस्तै कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय खगेन्द्र अधिकारी पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र घाइतेहरूको कर्णाली राजमार्गमै रहेको साङलेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक राजेश साहुले बस, जिप र दुवै सवारीमा चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण