अवैध तरिकाले ल्याएको यार्सागुम्बासहित नागढुंगाबाट युवक पक्राउ
आइतबार, २४ साउन २०७८, १० : ४२
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले अवैध तरिकाले ल्याएको यार्सागुम्बा, सिलाजित र केशरी सहित एकजनालाई पक्राउ गरेको छ । जुम्ला घर भएका २४ वर्षीय तुला कामीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना.७ ख २१११ नम्बरको बसमा सवार तुलाले लुकाएर ल्याएको ४१२ ग्राम यार्सा, ६५० ग्राम सिलाजित र १ सय ग्राम केशरी प्रहरीले बरामद गरेको छ ।
अवैध तरिकाले ल्याएको यार्सा, केशरी र सिलाजित कारोबारीमा संलग्नलाई थप अनुसन्धान र कारवाहीका लागी डिभिजन बन कार्यालय हात्तीसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण