मोटर बाटो खन्दा कुलो पुरिएपछि सामाचौरको सयौं रोपनी खेत बाँझै
गुल्मी– यतिबेला जताततै धान पाकेर पहँलपुर र सुन्दरभइरहेको छ । तर गुल्मीको सामाचौर फाँट भने सिचाइँको अभावमा बाँझै रहेको छ । मोटरबाटोको स्तरबृद्धि गर्ने क्रममा कुलो पुरिएपछि हजारौं मुरी धान फल्ने सामाचौर फाँटको सयौं खेत यस वर्ष कृषकहरुले बाँझै राख्नु परेको हो ।
इस्मागाउँपालिका वडा नम्वर–२ , हस्तीचौरको सामाचौर फाँट छल्दी पनाह रातडाँडा सडक खण्डकोबीचमा पर्ने रातचौरमा डोजरले सडक फराकिलो पार्ने क्रममा कुलो पुरिएपछि कृषकहरु मर्कामा परेका हुन् ।
खेत धनी मध्येका कर्णबहादुर पाण्डे भन्छन्–‘मरो मात्रै ६५ मुरी धान फल्ने १० रोपन खेत बाँझै छ खतम पा¥यो मोटर बाटोले सञ्चार माध्यमले जोडदार ढंगले उठाई दिनु प¥यो ।’
अर्का कृषक प्रेमलाल मरासनीले आफ्नो तिन रोपनी खेतमा १७ मुरी धान फल्ने गरेको तर अहिले केहि गरामा कोदो रोपेको र अरु सवै बाँझै रहेको दुख ब्यक्त गरे ।
अन्य कृषक होमलाल मरासनीनी, रामबहादुर कुँवर, देवबहादुर पाण्डे, विष्णुकुमारी पाण्डे , बुद्ध सिंह खत्री , सन्तबहादुर नेपाली, दलविर मुखिया, रणबहादुर जिसीका चार भाइ छोराहरु, विष्णुबहादुर पाण्डेका छोराहरु लगायतका कृषकहरु मारमा परेका छन् ।
छलदी पनाहदेखि रातडाँडा हुँदै इन्द्रगौंडासम्म सडक फराकीले गर्दै पिच हुन लागेको उक्त सडक र भाडगाउँ सामाचौर जोड्ने पक्की पुल बनाउँदा त्यहाँका कृषकहरुले सदियौं देखि सिंचाई गर्दै आएको कुलो नष्ट पारे पछि पुनरनिर्माणमा समेत ति कृषकहरुले लाखौं खर्च गर्नु पर्ने भएको छ ।
पक्की पुल निर्माण कम्पनीले आफुले क्षति भएको स्थानमा कुलो बनाई दिने बताए पनि पुल सम्पन्न गरी सकेपछि सम्पर्कमा नआएको पीडित कृषकहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण