फिल्म क्षेत्र चलायमान बनाउन प्रचण्डको ध्यानाकर्षण
चलचित्र कलाकार संघका पुर्व अध्यक्ष तथा नायक, निर्माता नवल खड्काले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेटेर फिल्म क्षेत्र चलायमान गराउन विषेश पहल गरिदिन आग्रह गरेका छन् ।
बुधबार प्रचण्ड निवास खुमलटार पुगेर अभिनेता खड्काले लकडाउन र निषेधाज्ञाका कारण धराशयी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्महरूको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए । उक्त अवसरमा खड्काले समग्र फिल्म क्षेत्रको समस्या र चुनौतीको बिषयमा समेत व्याख्या गर्दै प्रचण्डलाई चलचित्र क्षेत्रलाई उठाउन राज्यको विशेष अनुसन्धानको आवश्यक रहेको जानकारी गराए ।
सिमानामा काँडेतार अभियानका संयोजक समेत रहेका खड्काले प्रचण्डसँग राष्ट्रियता संकट पर्ने एमसीसीको बिषयमा समेत आफ्नो धारणा राख्दै भ्रष्टाचारका बिषयमा पनि ध्यानाकर्षण गराएका थिए । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भिर रहेको बताउँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिएको अभिनेता खड्काले जानकारी दिए । पूर्व सभामुख महराले फिल्म क्षेत्र चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बचन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण