उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।
आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो । अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया चुनाव : विपक्षी दलका नेतालाई नै हराउने अलि को हुन् ?
-
अर्बपति लगानीकर्ता वारेन बफेटले वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने
-
‘फिल्डमा खटिएको प्रहरीलाई सीडीओले सीधै कमान्ड गर्न मिल्दैन’
-
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
-
राष्ट्रिय महिला गोल्डकप : पुलिस र रौतहट भिड्ने
-
फास्ट ट्र्याक निर्माण सम्बन्धमा प्रतिनिधिसभामा ध्यानाकर्षण पत्र दर्ता