पोखरामा ब्राउन सुगरसहित ३ जना पक्राउ
पोखरामा लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको विजयपुर शान्ति मार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माछापुच्छ्रे ४ घर भई विजय पुर बस्दै आएका १९ वर्षीय सुरज रानाभाट, विजयपुरका २५ वर्षीय आगमन राई र पोखरा नयाँ बजारका ४० वर्षीय मनसुराम सुनार रहेका छन् । प्रहरीले उनीहरुलाइ शंकाको आधारमा चेकजाच गर्दा ब्राउन सुगर भेटेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दिपक केसीले जानकारी दिए ।
उनीहरुको साथबाट ब्राउन सुगर ७ ग्राम ५७५ मिलिग्राम, मोवाइल २ थान र १० हजार रूपैँया बरामद गरेको छ । पक्राउ परेका तीन जना उपर प्रहरीले लागुऔषध मुद्धा दर्ता गराइ १० दिन म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण