बूढानीलकण्ठमा काँग्रेस केन्द्रीय समिति बैठक, नयाँ कार्यतालिका प्रस्ताव नआएकोमा विरोध
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दोस्रो दिनको बैठक चलिरहेको हो । शुक्रबार मध्यान्ह १२ बजेबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यले धारणा राखिरहेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए ।
बिहीबारको बैठकमा प्रस्तुत अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन र निर्वाचन निर्देशिकामाथि छलफल भइरहेको छ । महाधिवेशनको नयाँ कार्यतालिका बैठकमा पेस नगरेको भन्दै केन्द्रीय सदस्यले विरोध जनाएका छन् ।
महाधिवेशनको कार्यपालिकामाथि छलफल गर्नुपर्नेमा अनौपचारिक जस्तो ढंगले बैठक सुरु गरेको उनीहरुले विरोध जनाएका हुन् । भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी ल्याइएको महाधिवेशनको कार्यतालिका प्रभावित भइसके पनि नयाँ कार्यतालिका बैठकमा पेस गरिएको छैन । महाधिवेशन सार्ने विषयमा सहमति भएपनि कहिले सार्ने भन्नेमा मतभेद देखिएपछि काँग्रेस केन्द्रीय समितिमा खुल्ला छलफल भइरहेको छ ।
संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ। भदौमा वडा अधिवेशन गरेर केही समय लिँदै छठपछि महाधिवेशनका लागि जोड दिने संस्थापन पक्षको रणनीति देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेल भदौमै वडा अधिवेशन गरेर असोजको दोस्रो साता (दसैं) सम्म महाधिवेशन गरिसक्नुपर्ने पक्षमा छन् ।
दसैँअघि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने उनेका भनाइ छ । देउवा र पौडेल नयाँ कार्यतालिकाका सन्दर्भमा सहमति नभएपछि केन्द्रीय सदस्यको राय समेटेर कार्यतालिका ल्याउने काँग्रेसको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण