‘प्रहरी हौं’ भनेर पैसा माग्ने २ जना पक्राउ
शुक्रबार, २९ साउन २०७८, १४ : १५
‘प्रहरी हौं’ भनेर पैसा मागेको र कुटपिट गरेको आरोपमा प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ बस्ने विकास उप्रेती र विर्तामोड घर भएका टिका खत्री छन् ।
उनीहरुले नयनसरी राजवंशीको घरमा गएर ‘तपाइँको छोरा लागु औषध कारोबार गर्छ, छोरा जोगाउने भए २० हजार दिनुस्’ भनेर आफुहरुलाई प्रहरी भएको दाबी गरेका थिए । साउन ११ मा ११ हजार लिएर गएका उनीहरुले फेरि साउन १४ मा पैसा माग्न आएर विशाल राजवंशीलाई कुटपिट गरेका थिए । घटनाबारे उजुरी परेपछि इलाका अनारमनिबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
‘सादा पोशाकका प्रहरी हौं’ भनेर उनीहरुले नयनसरीका छोरा विशाललाई कुटपिट गरेका हुन् । आरोपीहरु विरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण