पोखरा औद्योगिक क्षेत्रका १ हजार उद्योगी र मजदूरलाई खोप
पोखरास्थित रहेको औधोगिक क्षेत्रका उद्यमी व्यवसायी र मजदुरलाई औपचारिक रुपमा कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । उद्योगी र मजदुरहरुलाई औधोगिक क्षेत्रभित्र खोप केन्द्रको स्थापना गरी खोप लगाउने अभियान सुरु गरिएको हो ।
शुक्रबार औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले वस्तुस्थितिको बारेमा समेत जानकारी लिएका थिए ।
सो अवसरमा पर्यटनमन्त्री शर्माले औद्योगिक क्षेत्रमा रहेका सवै व्यवसायी र मजदूरलाई क्रमशः खोप लगाउने बताउँदै व्यवसायको जीवन रक्षा गर्ने दायित्व सरकारको भएकाले प्राथमिकतामा राखेर अभियान चलाएको बताए । कानुन मन्त्री विन्दुकुमार थापाले विपत्तिको समयमा उद्योगीहरुले अति आवश्यक खाद्य र अक्सिजन लगायतका सामाग्री उत्पादन गरेर सहयोग गरेको बताए । उनले संकटका सारथी बन्ने उद्योगी तथा व्यवसायीको पीरमर्का राज्यले बुझ्नुपर्ने बताए ।
पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियानको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा प्रदेश सरकारले थप ध्यान दिनुपर्ने बताए । त्यसैगरी पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले वर्तमान सरकारले विषयगत रुपमा खोपको व्यवस्थापन गरी उद्योगी व्यवसायी र मजदुरहरुको हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे ।
प्रदेश सरकारको सहयोगमा औद्योगिक क्षत्रका एक हजार उद्योगी तथा मजदुरहरुलाई शुक्रबार खोप लगाइएको छ । पोखरा औद्योगिक क्षेत्रमा करिव तीन हजारको संख्यामा उद्यमी र मजदुरहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण