भारतको स्वतन्त्रता दिवसमा मोदीका दुई ठूला घोषणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औं स्वतन्त्रता दिवसमा आठौं पटक लाल किलामा झण्डा फहराएपछि देशलाई सम्बोधन गरे । मोदीले स्वतन्त्रता सेनानीलाई नमन गर्दै आफ्नो कुरा सुरु गरे । यतिबेला उनले पण्डित जवाहर लाल नेहरुलाई पनि स्मरण गरे । मोदीले आफ्नो ९० मिनेटको भाषणमा दुई ठूला घोषणा गरे । यसमा १०० लाख करोड भारुको गति शक्ति योजना र छोरीका लागि देशमा सैनिक स्कूल खोलिने घोषणा समावेश छन् ।
मोदीले सय लाख करोडको गति शक्ति योजनाबारे घोषणा गर्दै भने, ‘जसरी नयाँ एयरपोर्ट बनिरहेका छन्, उडान योजनाले विभिन्न स्थानलाई जोडिरहेका छन्, यो अभूतपूर्व छ । उत्कृष्ट कनेक्टिभिटीले मानिसहरुको सपनालार्य नयाँ उडान दिइरहेको । गति शक्तिको नेशनल मास्टर प्लान हामी तपाईंको अगाडि ल्याउनेछौं । सय लाख करोडभन्दा पनि बढीको योजनाले लाखौं जवानका लागि रोजगार ल्याउनेछ । गति शक्ति देशका लागि यस्तो राष्ट्रिय परियोजनाको मास्टर प्लान हुनेछ जसले देशको अर्थतन्त्रलाई एकीकृत मार्ग प्रदान गर्नेछ । गति शक्तिले सबै सडकका कठिनाई हटाउनेछ । सामान्य व्यक्तिको यात्राको समयमा कमी आउनेछ, उत्पादकलाई मद्दत मिल्नेछ । अमउत कालको यो दशकमा गतिको शक्ति भारतको कायाकल्पको आधार बन्नेछ ।’
यसका लागि मोदीले खेलदेखि हरेक स्थानमा छोरीहरुले कमाल गरिरहेको भन्दै छोरीहरुका लागि सैनिक स्कूल खोलिनेबारे घोषणा गरे । यसबारे उनले भने, ‘आज भारतकी छोरी आफ्नो स्थान ओगट्नका लागि आतुर छन् । सडकदेखि कार्यस्थलसम्म महिलामा सुरक्षा, सम्मानको भाव होस् भन्नका लागि शासन प्रशासन, प्रहरी, नागरिकले आफ्नो जिम्मेवारी निभाउनु छ । यो संकल्पलाई स्वतन्त्रताको ७५ औं वर्षको संकल्प बनाउनु छ । मलाई लाखौं छोरीहरुले आफू सैनिक स्कूलमा पढ्न चाहेको भन्दै सन्देश पठाउने गर्दथे । साढे दुई वर्ष अघि मिजोरमको सैनिक स्कूलमा छोरीहरुलाई प्रवेश दिनका लागि प्रयोग गरिएको थियो । अब निश्चित गरिएको छ कि देशका सबै सैनिक स्कूललाई देशका छोरीका लागि पनि खोलिनेछन् ।’
मोदीले सन् २०१५ मा जवाहरलाल नेहरुको रेकर्ड तोडेका थिएः
मोदीले सन् २०१५ मा ८६ मिनेटसम्म आफ्नो कुरा देशका जनताको सामू राखेका थिए र पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको रेकर्ड तोडेका थिए । नेहरुले लाल किलाबाट सन् १९४७ मा ७२ मिनेटको भाषण दिएका थिए ।
मनमोहनले लाल किलाबाट १० पटक देशलाई सम्बोधन गरेः
उता, मनमोहन सिंहले लाल किलाबाट १० पटक देशलाई सम्बोधन गरे । उनको भाषण दुई पटक मात्रै ५० मिनेटको रह्यो । अन्य आठ पटक भाषणको समय ३२ देखि ४५ मिनेटबीच रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण