जीता नदीको पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न
जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई/तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।
तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताए ।
एक्कासि पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर भागा–भाग भएको सरदारको भनाइ छ । बाढी बस्तीमा आएसँगै सर्पको बिगबिगीसमेत बढेको पीडितले बताएका छन् । पानी घरमा छिरेकाले सर्प घरभित्र आउन थालेको स्थानीयवासी श्याम दासले बताए ।
जीता नदीको बाढीले १५० घर डुबानमा परेपछि बाढीपीडित हाल गाउँका उच्च स्थानको खोजी गरी बसेका छन् । बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाउँदै मानवीय क्षति भने नभएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाले बताए । बाँध भत्किएर बाढी बस्तीतर्फ छिरेपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेर जानकारी लिएका छन् ।
अध्यक्ष सिंहले बाढी प्रभावितको व्यवस्थापन, राहत, उद्धारको कार्य तत्काल शुरु गरिएको बताए । बाढीले आधा दर्जन घर भत्किएर पूर्ण रुपले क्षति भएको छ भने अन्य घरमा पनि कटान सुरु भएको पीडितले बताएका छन् । बाढीले एक्कासि धार परिवर्तन गर्दा गाउँपालिकाका सयौं बिघा धानबालीमा समेत क्षति पुगेको स्थानीयवासीले जनाएका छन् । बस्ती नै डुबान भएपछि पानीको स्रोत ट्युबवेल तथा इनार डुबेकाले खानेपानीको चरम अभाव भएको पीडितको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण