अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेशमन्त्री

चीनले अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राखेका हुन् । उनले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्नेछ । बुधबार साँझ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोनवार्ता भएको थियो । त्यस फोनवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने बताए ।
उनले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राखेका थिए । त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री वाङ यीले भनेका थिए कि चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउनका लागि सहयोग गर्नेछ र अब अफगानिस्तान पनि आतङ्कवादी जम्मा हुने स्थान बन्नु हुँदैन । गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् ।
उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ भने आफ्ना देश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गता भएका व्यक्तिका लागि 'प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम' असार २० र २१ गते विराटनगरमा हुने
-
गृहमन्त्री मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक
-
पोर्चुगलमा 'अफगानिस्तानको आगो’ लोकार्पण
-
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
-
वाईसीएल अध्यक्षमा ओली लगभग पक्का, अन्य नेताको व्यवस्थापनका लागि विधान संशोधन गरिँदै
-
महिमानसिंह विष्टको रिट हेर्न नमिल्ने