लुम्बिनी प्रदेश : एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी छैन
सोमबार, ०७ भदौ २०७८, १५ : २५
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेको भएपनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यसबारे आफूलाई जानकारी नभएको जनाएको छ । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताए ।
उनले प्रदेशसभाको निर्धारित बैठकमा आफूहरुले आफ्ना मागलाई प्रस्टसँग राखेको र माग पूरा नभए सदन चल्न नदिने अडान कायम रहेको पनि उल्लेख गरे । तर सोमबार बस्ने तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची राखिए पनि आफूहरुलाई यसबारे जानकारी नभएको र बैठकमा एमाले सहभागी नहुने उनले बताए ।
‘हामीलाई विश्वासको मतबारे जानकारी गराइएको पनि छैन, हामी बैठकमा सहभागी पनि हुँदैनौ’ रातोपाटीसँग चौधरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण