वन्यजन्तुको आखेटोपहार सहित नागढुंगाबाट १ जना पक्राउ
बुधबार, ०९ भदौ २०७८, १३ : ४८
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट विभिन्न वन्यजन्तुको आखेटोपहार सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–५ घर भएका ६५ वर्षीय सोनाम तामाङ छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसमा सवार सोनामको साथबाट प्रहरीले २ थान हुचिलको खुट्टा र दुईवटा हुचिलको पञ्जा बरामद गरेको छ ।
उनको साथबाट यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम जंगली जनावरको सुकुटी, तीनवटा शंख र टल्कने ढुंगा पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले शंख र ढुङ्गा थप अनुसन्धानको लागि पुरातत्व विभागमा पठाएको छ । बरामद आखेटोपहार सहित सोनामलाई डिभिजन वन कार्यालय हात्तिसारमा पाठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण