वन्यजन्तुको आखेटोपहार सहित नागढुंगाबाट १ जना पक्राउ
बुधबार, ०९ भदौ २०७८, १३ : ४८

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट विभिन्न वन्यजन्तुको आखेटोपहार सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–५ घर भएका ६५ वर्षीय सोनाम तामाङ छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसमा सवार सोनामको साथबाट प्रहरीले २ थान हुचिलको खुट्टा र दुईवटा हुचिलको पञ्जा बरामद गरेको छ ।
उनको साथबाट यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम जंगली जनावरको सुकुटी, तीनवटा शंख र टल्कने ढुंगा पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले शंख र ढुङ्गा थप अनुसन्धानको लागि पुरातत्व विभागमा पठाएको छ । बरामद आखेटोपहार सहित सोनामलाई डिभिजन वन कार्यालय हात्तिसारमा पाठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट