पछिल्लो ४० दिनमा सुनसरीबाट ३८७ फरार अभियुक्त पक्राउ
सुनसरीबाट प्रहरीले साउनदेखि यता ठुलो संख्यामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेकालाई पक्राउ गर्न सुनसरी प्रहरीले ‘विशेष अभियान’ सञ्चालन गरेको छ । पछिल्लो ४० दिनमा ३ सय ८७ जना फरारलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) संजय सिंह थापाले रातोपाटीलाई बताए । ‘साउन र भदौको पहिलो सातासम्ममा ३ सय ८७ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएका छौं’ एसपी थापा भन्छन्–‘अदालतको आदेश लिएर कैद तोकिएकालाई कारागार पठाएका छौं, न्यून धरौटी बुझाउन बाँकी रहेका अभियुक्तहरू धरौटी बुझाएर छुटेका छन् ।’
पक्राउ पर्नेमा २० वर्ष कैद सजाय तोकिएका २ जना छन् । साविक भोक्राहा गाविस घर भएका ४५ वर्षे बसन्त खत्वेलाई नतिनी मारेको आरोपमा जिल्ला अदालत सुनसरीले २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । साउन १७ मा पक्राउ परेका उनलाई झुम्का कारागारमा थुनामा पठाइएको छ ।
दुहबी नगरपालिका–४ घर भएका गुलाम मियाँ उर्फ गुल्वाले छिमेकीको हत्या गरेका थिए । २०६० सालमा जिल्ला अदालत सुनसरीले गुलामलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । मियाँलाई पक्राउ गरेर झुम्का कारागार चलान गरिएको एसपी थापाले बताएका छन् ।
११ वर्ष कैद तोकिएका दुईजनालाई पक्राउ गरिएको छ । सुनसरीको सतेरझोडा–६ घर भएका हानिफ साफी मियाँलाई अपहरण तथा शरीर बन्धक मुद्दामा सुनसरी जिल्ला अदालतले ११ वर्ष कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । साउन २४ मा पक्राउ परेका उनलाई झुम्का कारागारमा थुनामा पठाइएको छ ।
जबर्जस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका कलिम मियाँलाई सुनसरी प्रहरीले साउन ३० मा पक्राउ गरेको थियो । ०७५ असोजमा सुनसरी जिल्ला अदालतले उनलाई कैद सजाय हुने फैसला गरेको थियो । कलिमलाई झुम्का कारागारमा थुनामा पठाइएको छ ।
६ वर्ष कैद सजाय तोकिएका २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डाँका मुद्दाका अब्दुल तैयव र इसराईल मियाँ छन् । उनीहरु दुवै मिलेर २०६४ सालमा सुनसरीको बसन्तपुर–७ घर भएका जितेन्द्र झालाई डाँका गरेका थिए । अब्दुल र इसाईलाई झुम्का कारागारमा थुनामा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण