ह्याट्रिक गर्दै लेवान्डोस्कीले बनाए नयाँ कीर्तिमान
रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले साबिक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनमाथि ५–० को शानदार जीत हासिल गर्न सफल भएको छ । योसँगै पोलिस स्ट्राइकरले बायर्नका ३ सय गोल पुरा गरेका छन् । लेवान्डोस्की बोरुसिया डर्टमण्डबाट सन् २०१४ मा बायर्नसँग अनुबन्ध भएका हुन् ।
यता, लेवान्डोस्कीले बायर्नका लागि लगातार १६ खेलमा गोल गर्दै गर्ड मुलरले सन् १९७० मा बनाएको कीर्तिमान पनि भङ्ग गरे । गत अगस्तमा १५ निधन भएका मुलरले १५ वर्ष बायर्नमा रहँदा ५९४ खेलमा ५४७ गोल गरेका थिए । त्यस्तै, ३३ वर्षीय लेवान्डोस्कीले बुन्डेस लिगामा लगातार १३ खेलमा गोल गर्न सफल भएका छन् ।
खेलमा अन्य गोल थोमस मुलर र जमाल मुस्लालाले गरे । मुलरले लिगमा लगातार १३ सिजन गोल गर्न सफल भएका छन् । जीतसँगै बार्यन गोलअन्तरको आधारमा लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनले एफसी अग्सबर्गलाई ४–१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण