बालुवाटारमा ५ दलीय सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तारबारे छलफल
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको गठबन्धनको बैठकमा पाँच दलका नेताहरु सहभागी छन् । बैठकमा गठबन्धनको स्थायी स्वरूप, सरकारलाई पूर्णता, अध्यादेशको बजेट, संवैधानिक परिषदका नियुक्ति, सरकारका प्राथमिकता, सत्य निरूपण र वेपत्ता आयोगको कार्य, जयसिंह धामी प्रकरण, रेशम चौधरीको रिहाइ लगायत विषयमा छलफल भइरहेको बुझिएको छ ।
गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरु सहभागी छन् ।
गत असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले डेढ महिना बित्न लाग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण