इटहरीमा भाटभटेनीको नयाँ स्टोर
शनिबार, १९ भदौ २०७८, १३ : ३९
भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ ।
शहरको ३५ कठ्ठा जमिनमा बनेको नयाँ स्टोरमा तीन अर्बको लगानी रहेको छ । उद्घाटनको अवसरमा स्टोरले निकोटिन र अल्कोहल जस्ता सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशतसम्म छुट दिएको छ ।
२ लाख ७७ हजार वर्गफिटमा बनेको स्टोरमा २०४ सिट क्षमताको दुई वटा सिनेमा हल, दुई तले पार्किङसहित पाँच तला रहेको छ । २०७६ सालमा निर्माण सुरु भएको यो स्टोरलाई २०७७ साल माघसम्ममा सञ्चालनमा ल्याइसक्ने कम्पनीको योजना थियो । तर, कोभिड–१९ महामारीका कारण निर्माण र सञ्चालनमा ढिलाई भएको हो । स्टोरमा सपिङ मल, रेष्टुरेन्ट र बैंक समेत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण