बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

इटहरीमा भाटभटेनीको नयाँ स्टोर

शनिबार, १९ भदौ २०७८, १३ : ३९
शनिबार, १९ भदौ २०७८

भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ ।

शहरको ३५ कठ्ठा जमिनमा बनेको नयाँ स्टोरमा तीन अर्बको लगानी रहेको छ । उद्घाटनको अवसरमा स्टोरले निकोटिन र अल्कोहल जस्ता सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशतसम्म छुट दिएको छ ।

२ लाख ७७ हजार वर्गफिटमा बनेको स्टोरमा २०४ सिट क्षमताको दुई वटा सिनेमा हल, दुई तले पार्किङसहित पाँच तला रहेको छ । २०७६ सालमा निर्माण सुरु भएको यो स्टोरलाई २०७७ साल माघसम्ममा सञ्चालनमा ल्याइसक्ने कम्पनीको योजना थियो । तर, कोभिड–१९ महामारीका कारण निर्माण र सञ्चालनमा ढिलाई भएको हो । स्टोरमा सपिङ मल, रेष्टुरेन्ट र बैंक समेत छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप