रेल्वेमा नियुक्त ज्यालादारी कर्मचारी हटाइयो
नेपाल रेल्वे कम्पनी लिमिटेडमा नियुक्त गरिएका ज्यालादारी कर्मचारी हटाइएको छ । हटाइएका कर्मचारीले भने आन्दोलनको धम्की दिएका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा रहेका कर्मचारी अवैधानिक ढंगले नियुक्त गरिएको भन्दै हटाइएको हो । तलब बुझ्ने बाहेक ती कर्मचारीको कुनै काम नभएको भन्दै उनीहरुलाई हाजिर गर्नबाट रोकिएको छ ।
ज्यालादारीमा नियुक्त गरी कानून विपरीत सेवा सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नवनियुक्त प्रवन्ध सञ्चालक निरञ्जन कुमार झाले एक सूचना प्रकाशित गर्दै हटाइएको जानकारी दिएका हुन् । झाले रेल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई हटाइएको जानकारी दिए । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुशी हाजिर नगर्न सूचनासमेत जारी गरेका छन् ।
सूचनामा तत्कालीन व्यवस्थापनबाट ज्यालादारी काममा खटाउने भनिएका कर्मचारीलाई आफुखुशी दैनिक रुपमा हाजिर नगर्न र कामबिना नै त्यस्ता कर्मचारीलाई ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने प्रस्ट पारिएको छ ।
नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक गुरू भट्टराईले अवैधानिक ढंगले रेल्वेमा आफूखुशी कर्मचारी नियुक्त गरेका थिए । काम नगरे पनि उनको तोक आदेशमा कर्मचारीले ज्याला पाउँदै आएका थिए ।
नवनियुक्त प्रवन्ध सञ्चालक झाले भने, ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान नै छैन त्यसैले उनीहरूलाई हटाइएको हो । अब रेल चल्ने निश्चित भएपछि लोकसेवा आयोगको अनुमति लिएरमात्र कर्मचारी भर्ना गरिने छ ।’
यता रेल्वे कम्पनीबाट हटाइएका ज्यालादारी कर्मचारीले प्रवन्ध सञ्चालक झाको विरोध गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्यालादारी कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल रेल विभाग र नेपाल रेल्वे कम्पनी लिमिटेडलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण