बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पहिरोमा परेर १० वर्षीय बालकको मृत्यु

सोमबार, २१ भदौ २०७८, १५ : ०२
सोमबार, २१ भदौ २०७८

गए रातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिरोमा परेर एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।

बिहान ३ः ०० बजे पहिरोसहित आएको ढुङ्गाले ४६ वर्षीय गोरखबहादुर खड्का र उनकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते भएकी छन् । उनका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप