झापामा गुन्जियो ‘भोट फर भरतमणि’ नारा
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियनका २’मा पछिल्लो समय पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर सबैको मनमा बस्न सफल फाइनललिस्ट प्रतियोगी भरतमणि पौडेलको पक्षमा झापाको सडकमा ‘भोट फर भरतमणि’ नारा गुन्जिएको छ । सोमबार बिहान झापाको भद्रपुरदेखि बिर्तामोडसम्म उनलाई भोट माग्दै मोटरसाइकल र्पालीसहित समर्थकले ‘भोट फर भरतमणि’ नारा गुन्जाएका हुन् । भरतमणि सहभागी र्यालीमा हजारौ समर्थक मोटर साइकलसहित सहभागी थिए । र्यालीमा भरतमणिलाई ‘कमेडी च्याम्पियन २’ को विजेता बनाउन भोट गर्न अपिल समेत गरिएको थियो ।
अबिर, माला र खादाले रंगिएका भरतमणिले अभिवादन गर्दै हात हल्लाएर आफूलाई कमेडी च्याम्पियन बनाउन सबैमा अनुरोध गरेका थिए । बिहान ८ बजेट भद्रपुरबाट सुरु भएको र्याली बिर्तामोड पुगेर एक कार्यक्रम सहित सकिएको थियो । ‘म काठमाडौंबाट आफ्नो गृहजिल्ला ताप्लेजुङतिर हिँडेको हो । बाटोमा पर्ने छिमेकी जिल्लाका समर्थकले आउन गरेको अनुरोध नकार्न सकिन’ भरतमणिले भने, ‘साँझ पाँचथरको फिदिममा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र सिडियो सापसँग सानो अन्तक्र्रिया कार्यक्रम समेत भयो ।’ पाँचथरबाट पनि आफुलाई सपोट र भोट हुने भएको खुसी उनले सुनाए ।
मंगलबार बिहान उनी पाँचथर र ताप्लेजुङको सिमानमा राखिएको साँंस्कृतिक कार्यक्रम सहितको स्वागत कार्यक्रममा सहभागी हुनेछन् । कमेडी च्याम्पियनको फाइनलमा उनीसहित सन्तोष थापा र विक्की अग्रवाल पुगेका छन् । प्रतियोगिताको फाइनल आगामी २ असोजमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण