नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरू, पार्टीको विधान मस्यौदा प्रस्तुत
बुधबार, २३ भदौ २०७८, १४ : ४८
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरू भएको बैठकमा संसदीय दलका नेता समेत रहेका अध्यक्ष नेपालले पार्टीको मस्यौदा विधान प्रस्तुत गरेका छन् । बैठकमा सो मस्यौदाबारे छलफल सुरू भएको ।
बैठकमा सांसदहरू वेदुराम भुसाल, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कल्याणी खड्का, विरोध खतिवडा, किसन श्रेष्ठ, निरादेवी जैरु, कृष्णलाल महर्जन लगायतका सांसदहरू उपस्थित छन् । नेकपा एसको संसदीय दलको यो दोस्रो बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
-
कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरमा पस्यो प्रहरी
-
वन मन्त्रीको सम्पत्ति : ९ वटा घर, राइफलसहित १५८ तोला सुन
-
पोखराको चक्रदेवी सहकारीमा तोडफोड, ९ जना पक्राउ
-
कानुनमन्त्री गिरीको सम्पत्ति : २३ तोला सुन, ४० लाख ऋण
-
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा