रुकुम पूर्वमा सम्बन्ध विच्छेदका घटना बढ्दै
बुधबार, २३ भदौ २०७८, १८ : ३३
रुकुम (पूर्व)मा बर्सेनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका घटना बढ्दो क्रममा पाइएको छ ।
रूकुमकोट जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/७६ मा सम्बन्ध विच्छेदका ५२ वटा मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा ६७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भयो ।
यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा सम्बन्ध विच्छेदका ८३ वटा मुद्दा दर्ता भएको रूकुमकोट जिल्ला अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिए । यो तीन वर्षको अवधिमा क्रमिक रुपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको पाइएको उनले बताए ।
गत आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका ८३ वटा मुद्दामध्ये ५६ वटा मुद्दा फर्छ्यौट भएका छन् भने २७ वटा विचाराधीन रहेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण