कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न विश्व स्वास्थ्य संगठनको आग्रह
विश्व स्वास्थ्य संगठनले बुधबार दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिन अपिल गरेको छ । क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले खोपद्वारा रोकथाम गर्न सकिने रोगहरु महामारीको कारणले सम्बन्धित खोप सेवाको निगरानी प्रक्रिया अवरुद्ध हुँदा जोखिम बढिरहेको बताइन् ।
यद्यपि डीटीपी ३ खोपको कभरेज ९१ प्रतिशत पुगेकाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उत्कृष्ट अवस्थामा पुगेको उनको भनाइ छ । ११ मध्ये १० देशले डीटीपी ३ खोपको कभरेज ९० प्रतिशतभन्दा बढी हासिल गरेको पाइएको छ ।
यस क्षेत्रका देशहरुले महामारीको दौरान अत्यावश्यक सेवाहरु पुनः सुचारु गर्दा नियमित खोप कार्यक्रमलाई प्राथमिकता दिए पनि यस क्षेत्रको डीटीपी कभरेज ८५५ मा झरेको छ । सन् २०१९ मा खोप नै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरुको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।
कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरुको कार्यान्वयनमा पनि असर पारेको पाइएको छ ।
दादुराविरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४५ रहेकोमा सन् २०२० मा घटेर ८८५ पुगेको छ । त्यसैगरी, दादुराविरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३५ रहेकोमा सन् २०२० मा घटेर ७८५ पुगेको छ ।
कोभिड–१९ महामारीको परिणामस्वरूप विभिन्न देशमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत खोप अभियान तथा अन्य खोप सम्बन्धी क्रियाकलापहरुको कार्यान्वयन पनि प्रभावित भएको जनाइएको छ ।
हाल जारी क्षेत्रीय समिति बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणालीहरु तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरुको निगरानीको पुनःस्थापनामा केन्द्रित हुनेछ ।
दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुले कोभिड–१९ विरुद्धको खोप हालसम्म ९१ करोड ५० लाख मात्रा लगाइसकेका छन् ।
क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रको शासन गर्ने निकायको वार्षिक बैठकको आयोजक राष्ट्र नेपाल हो । यो बैठक कोरोना महामारीको कारणले भर्चुअली माध्यमबाट आयोजना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई