कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७२ पुग्यो
कर्णाली प्रदेशमा बुधबार कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । केही दिन अघिदेखि संक्रमणबाट शून्य मृत्युदर रहेको कर्णालीमा बुधबार जुम्लाका १ र सुर्खेतका १ जना गरी २ जनाको मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७२ जना पुगेको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा सुर्खेत अग्रपंक्तिमा छ । सुर्खेतमा कोरोना संक्रमणका कारण हालसम्म २१४ जनाको मृत्यु भएको छ ।
प्रदेशमा बुधबार थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६१ जनामा गरिएको आरटी–पीसीआर परीक्षणका क्रममा १७ जना संक्रमित पाइएका छन् भने ५९ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
बुधबार सुर्खेतमा मात्र २० जनामा कोरोना संक्रमण देखिएको छ भने जुम्लामा ६, दैलेखमा २, कालिकोट र सल्यानमा १÷१ जनामा संक्रमण पाइएको हो । प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या ४९० छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


