‘महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक छ’
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज)–२०७८ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वास्थ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गरेका छन् । विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरेका हुन् ।
“नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान उच्च छ । म यो महान् पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पु¥याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु”, सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, “राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हकलगायत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछु ।’
उपराष्ट्रपतिले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि सचेत हुन र खबरदारी जारी राख्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण