काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न
काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।
काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने र ‘फिनिसिङ’ कार्य भइरहेको बताउँदै अबको बढीमा तीन महिनाभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी दिनुभयो । उनले भने, ‘‘अब भुइँतलाको बार्दली लगाउन र भुइँमा तेली इँट लगाउन बाँकी छ ।’’
‘‘हामीले सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरिरहेका छौँ । माटो र त्यसबेला प्रयोग गरिएका सामग्री प्रयोग गरिरहेका छौँ । सातौँ शताब्दीमै प्रयोग गरिएको साइजको इँटा प्रयोग गरेका छौँ, संयोजक शाक्यले भने, ‘‘समितिले इँटा निर्माण कम्पनीलाई विशेष आग्रह गरी सातौँ शताब्दीकै साइजको इँटा निर्माण गर्न लगाएको छौँ ।’’ मात्र काठ, माटो र इँटाको प्रयोग गरेर काष्ठमण्डपको पुनर्निर्माण भइरहेको छ ।’’
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण