आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुजरातका मुख्यमन्त्रीद्वारा राजीनामा

शनिबार, २६ भदौ २०७८, १५ : ५७
शनिबार, २६ भदौ २०७८

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले चुनावभन्दा एक वर्षअघि नै अचानक राजीनामा दिएका छन् । मिडियासँगको कुराकानीमा उनले पार्टीमा समयसँगै दायित्व पनि बदल्ने बताउँदै भारतीय जनता पार्टीमा यो स्वाभाविक प्रक्रिया भएको बताए । 

उनका अनुसार पार्टीले उनलाई ५ वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिएको र आफूले त्यो पुरा गरेको बताए । ‘अब मलाई जे जिम्मेवारी मिल्छ त्यो नै निर्वाह गर्नेछु । हामी पद होइन जिम्मेवारी भन्छौँ,’ उनले भने, ‘मलाई जे जिम्मेवारी मिलेको छ, त्यो मैले पुरा गरेको छु ।’ 

रुपाणीले २६ डिसेम्बर २०१७ मा दोस्रोपटक गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएका थिए । भाजपाले गुजरातमा १८२ सिटमध्ये ९९ मा जीत हासिल गर्दै बहुमत प्राप्त गरेको थियो । विधानमन्डल दलको बैठकमा रुपाणी विधायक दलको नेता र नितिन पटेल उपनेता चुनिएका थिए ।

पछिल्लो केही दिनदेखि गुजरातमा सरकार परिवर्तनको चर्चा चलिरहेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाह बिहीबार राति ८ बजे अचानक अहमदाबाद पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप