दिमागलाई शान्त राख्ने र कपाल झर्न रोक्ने ३ प्रकारका तेल
पछिल्लो समय मानिसहरु भागदौडको क्रममा थकित हुने गर्छन् । अधिकांश मानिसहरु थकान र व्यस्तताका कारण टाउको दुख्ने समस्याबाट पनि पीडित हुने गर्छन् । कामको चाप र थकानले टाउको दुख्ने मात्र होइन कपाल झर्ने समस्या पनि पैदा हुन्छ ।
यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपचार गर्नु उपयुक्त मानिन्छ । घरेलु उपायहरूको सहायताले कपाल झर्न कम गर्न सकिन्छ भने टाउको दुख्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
त्यसका लागि विभिन्न प्रकारका घरेलु उपायहरु छन्, तर यसको सही उपाय तेल हुन सक्छ । विभिन्न प्रकारका तेलहरुले यस्ता समस्याबाट छुटकारा दिलाउँछ ।
ल्याभेन्डरको तेल
यो तेलको बास्नाले निन्द्रा लाग्ने र दिमागलाई शान्ति दिलाउँछ । दुई चम्चा क्यास्टरको तेलमा तीन÷चार थोपा ल्याभेन्डरको तेल मिसाएर केही मिनेट कपालको जरामा मसाज गर्ने गर्दा कपाल झर्ने समस्या कम हुन्छ भने दिमागलाई पनि शान्ति मिल्छ ।
रोजमेरी तेल
रोजमेरीको तेलले पनि टाउको दुखाइबाट तुरुन्तै राहत दिलाउँछ भने कपाललाई चम्किलो र मजबुत बनाउँछ ।
पुदिनाको तेल
यो तेल पनि कुनै औषधिभन्दा कम छैन । यसले मालिस गर्ने गर्दा शरीरको थकान तुरुन्तै गायब हुन्छ । यसका साथै यो तेलले मालिस गर्दा महिनावारी हुँदा पेट दुख्ने समस्या पनि कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण