शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो अमेरिकी डलरको भाउ

बुधबार, ३० भदौ २०७८, १० : ५०
बुधबार, ३० भदौ २०७८

अमेरिकी डलरको मूल्य फेरि उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै अमेरिकी डलरको भाउ महँगिन थालेको बताएको हो । यसअघि १७ रूपैयाँकै आसपास रहेको एक अमेरिकी डलरको बिक्री दर आज ११८.१९ र खरिद दर ११७.५९ रुपैयाँ तोकिएको छ ।

यस्तै, एक यूरोको बिक्री दर १३९.५२ तोकिँदा खरिद दर १३८.८१ रुपैयाँ र एक स्टर्लिङ पाउन्डको बिक्री दर १६३.९२ र खरिद दर १६३.०९ रुपैयाँ कायम भएको बैंकले जनाएको छ । यसैगरी, सिंगापुर डलरको बिक्री ८६.६५ रुपैयाँमा भइरहँदा खरिद ८६.२१ रुपैयाँमा भइरहेको तथा १० जापानी येनको बिक्री १०.७३ मा हुँदा खरिद १०.६८ रुपैयाँ तोकिएको छ ।

यसका साथै, साउदी अरबको रियालको बिक्री ३१.५१ मा र खरिद ३१.३५ रुपैयाँ, कतारी रियालको बिक्री ३२.४६ र खरिद ३२.३० रुपैयाँमा कारोबार भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.१८ रुपैयाँ र खरिद ३२.०१ मा हुँदा मलेसियन रिंगटको बिक्री २८.४० र खरिद २८.२५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप