सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र कांग्रेस बैठकमा वितरण

शुक्रबार, २८ वैशाख २०८१, १० : ३०
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्दा तयार गरेको अभियोग पत्र वितरण भएको छ । 

सिंहदरबारमा जारी बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई उक्त अभियोगपत्र वितरण गरेका हुन् । उक्त अभियोगपत्रमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको देखिएको छ  । तर, लामिछानेले आफूले कुनै ऋण नलिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत क्लिन चिट समेत लिएको खुलासा भएको थियो । लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले निरन्तर रुपमा उनीमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको छ । 

कांग्रेसका एक सांसदले जारी बैठकमा लामिछाने सहकारी ठगीमा जोडिएको विषयको अभियोगपत्र अध्ययनका लागि सबैलाई वितरतण भएको जानकारी दिए । 

बैठकले लामिछानेको विषयमा अब कसरी प्रस्तुत हुने र आजदेखि सुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा ठोस धारणा तय गर्ने लेखकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप