रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र कांग्रेस बैठकमा वितरण
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्दा तयार गरेको अभियोग पत्र वितरण भएको छ ।
सिंहदरबारमा जारी बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई उक्त अभियोगपत्र वितरण गरेका हुन् । उक्त अभियोगपत्रमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको देखिएको छ । तर, लामिछानेले आफूले कुनै ऋण नलिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत क्लिन चिट समेत लिएको खुलासा भएको थियो । लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले निरन्तर रुपमा उनीमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको छ ।
कांग्रेसका एक सांसदले जारी बैठकमा लामिछाने सहकारी ठगीमा जोडिएको विषयको अभियोगपत्र अध्ययनका लागि सबैलाई वितरतण भएको जानकारी दिए ।
बैठकले लामिछानेको विषयमा अब कसरी प्रस्तुत हुने र आजदेखि सुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा ठोस धारणा तय गर्ने लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण