शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चरम आर्थिक सङ्कटमा लेबनान : पैसा जुटाउन पर्यटकलाई आफ्नो हेलिकप्टरमा उडाउँदै सेना

बुधबार, ३० भदौ २०७८, १५ : २८
बुधबार, ३० भदौ २०७८

लेबनान आधुनिक इतिहासको सबैभन्दा ठूलो आर्थिक सङ्कटमा रहेको विश्व बैङ्कको रिपोर्टले जनाएको छ । चरम मूल्यवृद्धि (मुद्रास्फीति) बीच लेबनानको मुद्राले दुई वर्षभन्दा पनि कम समयमा ९० प्रतिशत भन्दा बढी मूल्य गुमाएको छ भने आधाभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएका छन् ।

सन् २०२१ को मर्कर कस्ट अफ लिभिङ सर्भेका अनुसार राजधानी बेरुट विश्वकै सबैभन्दा तेस्रो महँगो सहर बनेको छ । आर्थिकमन्दीबीच  मानिसहरूले जीवनयापनका लागि नयाँ नयाँ उपायहरू अवलम्बन गर्न बाध्य बनेका छन् । यसबाट देशको सेनासमेत अछुतो रहन सकेको छैन । सेनाले समेत स्रोत जुटाउन आफ्नो हेलिकप्टरमा पर्यटकहरूलाई घुमाउन सुरु गरेको छ । 

सेनाको वेबसाइटका अनुसार पर्यटकका साथै लेबनानका नागरिकले १५ मिनेटको उडानका लागि हेलिकप्टर बुक गर्न सक्छन् । हेलिकप्टर उडानबाट लेबनानलाई आकाशबाट हेर्न सकिने सेनाले जनाएको छ । आर४४ रोबिन्सन रेभन हेलिकप्टर विद्यार्थी पाइलटहरूलाई पहिलो वर्षको प्रशिक्षण दिन प्रयोग गर्ने गरिन्छ ।

सेनाले यो वर्ष कम्तीमा १ हजार घण्टा यस्तो उडान भर्ने सोच बनाएको छ । हरेक उडानको १५० अमेरिकी डलर लाग्नेछ । यसबाट वर्षको अन्त्यसम्ममा सेनाले ३ लाख डलर उठाउने लक्ष्य लिएको छ ।

लेबनानका सेनाले अहिले प्रत्येक महिना ९० डलर मात्र कमाउँछन् । सङ्कट अघि उनीहरूले ८५० डलरसम्म कमाउँथे ।

अगस्त २०२० मा बेरुटको बन्दरगाहमा भएको ठूलो विस्फोटपछि लेबनानमा १३ महिनादेखि सरकार थिएन । उक्त घटनामा २ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने सहरको ठूलो हिस्सामा क्षति पुगेको थियो । गत हप्ता मात्र नयाँ क्याबिनेट गठन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप