चरम आर्थिक सङ्कटमा लेबनान : पैसा जुटाउन पर्यटकलाई आफ्नो हेलिकप्टरमा उडाउँदै सेना
लेबनान आधुनिक इतिहासको सबैभन्दा ठूलो आर्थिक सङ्कटमा रहेको विश्व बैङ्कको रिपोर्टले जनाएको छ । चरम मूल्यवृद्धि (मुद्रास्फीति) बीच लेबनानको मुद्राले दुई वर्षभन्दा पनि कम समयमा ९० प्रतिशत भन्दा बढी मूल्य गुमाएको छ भने आधाभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएका छन् ।
सन् २०२१ को मर्कर कस्ट अफ लिभिङ सर्भेका अनुसार राजधानी बेरुट विश्वकै सबैभन्दा तेस्रो महँगो सहर बनेको छ । आर्थिकमन्दीबीच मानिसहरूले जीवनयापनका लागि नयाँ नयाँ उपायहरू अवलम्बन गर्न बाध्य बनेका छन् । यसबाट देशको सेनासमेत अछुतो रहन सकेको छैन । सेनाले समेत स्रोत जुटाउन आफ्नो हेलिकप्टरमा पर्यटकहरूलाई घुमाउन सुरु गरेको छ ।

सेनाको वेबसाइटका अनुसार पर्यटकका साथै लेबनानका नागरिकले १५ मिनेटको उडानका लागि हेलिकप्टर बुक गर्न सक्छन् । हेलिकप्टर उडानबाट लेबनानलाई आकाशबाट हेर्न सकिने सेनाले जनाएको छ । आर४४ रोबिन्सन रेभन हेलिकप्टर विद्यार्थी पाइलटहरूलाई पहिलो वर्षको प्रशिक्षण दिन प्रयोग गर्ने गरिन्छ ।
सेनाले यो वर्ष कम्तीमा १ हजार घण्टा यस्तो उडान भर्ने सोच बनाएको छ । हरेक उडानको १५० अमेरिकी डलर लाग्नेछ । यसबाट वर्षको अन्त्यसम्ममा सेनाले ३ लाख डलर उठाउने लक्ष्य लिएको छ ।
लेबनानका सेनाले अहिले प्रत्येक महिना ९० डलर मात्र कमाउँछन् । सङ्कट अघि उनीहरूले ८५० डलरसम्म कमाउँथे ।

अगस्त २०२० मा बेरुटको बन्दरगाहमा भएको ठूलो विस्फोटपछि लेबनानमा १३ महिनादेखि सरकार थिएन । उक्त घटनामा २ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने सहरको ठूलो हिस्सामा क्षति पुगेको थियो । गत हप्ता मात्र नयाँ क्याबिनेट गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण