समिरा रेड्डीले सेतो कपाल देखिएको तस्बिर सेयर गरिन् ; भन्छिन्, ‘मलाई अब केही फरक पर्दैन’
बलिउडका थुप्रै ठूला फिल्ममा देखिइसकेकी नायिका समिरा रेड्डी अब अभिनयबाट टाढा भइसकेकी छिन् । वैवाहिक जीवनमा समिरा रेड्डीले पछिल्लो निकै लामो समयदेखि बडी पोजेटिभिटीबारे मानिसहरुलाई जागरुक बनाइरहेकी छिन् । समिरा रेड्डीले अब आफ्नो एउटा तस्बिर सोसल मिडियामा सेयर गरेकी छिन् जसमा उनको सेतो कपाल देखिएका छन् । समिराले यी तस्बिरसँग लेखेकी छिन्, ‘मैले मेरो सेतो कपाल किन लुकाइरहेकी छैन भनेर बुवा चिन्तित हुनुहुन्छ ।’
समिराले आफ्नो सेतो कपाल भएको तस्बिर सोसल मिडियामा सेयर गर्दै भनिन्, ‘मेरा पिताले मलाई ‘तिमीले सेतो कपाल किन लुकाइरहेकी छैनौ’ भनेर सोध्नुहुन्छ । उहाँलाई चिन्ता थियो कि मानिसहरुले मलाई जज गर्नेछन् । मैले जवाफ दिएँ, ‘के फरक पर्छ । यसले गर्दा के मलाई बुढो, कम सुन्दर र कम आकर्षक ठानिनेछ ? मैले उहाँलाई भनेँ, ‘यसबारे अब म पहिलाको जस्तो चिन्तित छैन र स्वतन्त्र हुनुको खुबी पनि यही हो ।’
समिराले थपिन्, ‘म आफ्नो सेतो कपाल लुकाउन हरेक दुई हप्तामा कलर गर्ने गर्थेँ । मानिसहरुले मेरो सेतो कपाल देख्ने हुन् कि भन्ने कस्तो पिर लाग्थ्यो मलाई । तर आज मैले कलर गर्ने कि नगर्ने भनेर आफैं निर्णय लिन्छु । उनले मलाई सोधे कि आखिर म कुराकानीको मुद्दा नै फेरिरहेको छु भने यस्तो किन म यस्तो गर्न सक्दिनँ ? मलाई थाहा छ कि म एक्लो छैन । परिवर्तन र स्वीकार्यता त्यतिबेला आउँछ जब पुरानो सोचको तरिका तोडिन्छ, जब हामी एक–अर्कालाई त्यस्तै बनिरहन दिन्छौं । जब आत्मविश्वासले आफ्नो बाटोे खोज्छ तब उसले कुनै मास्क वा कभर पछाडि लुक्न आवश्यक छैन । मेरा पिताले बुझिसकेका छन् । म एक पिताको रुपमा उनको चिन्ता बुझ्न सक्छु । हरेक दिन हामी अघि बढ्न सिक्छौं र हामीलाई शान्ति मिल्छ । र यो त्यहि सानो कदम हो जसले हामीलाई एउटा ठूलो स्थानमा लिएर जान्छ ।’
स्मरण रहोस्, समिरा रेड्डीले सन् २०१४ मा व्यापारी अक्षय वर्देसँग विवाह गरेकी थिइन् । सन् २०१५ मा समिराका छोरा हंस वर्देको जन्म भयो र सन् २०१९ मा उनकी छोरी नायराको जन्म भयो । पछिल्लो पटक समिरालाई सन् २०१३ मा कन्नड फिल्म ‘वरधान्यका’मा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण