व्यवसायीका समस्या हल गर्न पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या समाधान गर्न पहल गरिरहेको बताएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै समस्याको समाधान पहल गरेको बताए ।
उनले व्यवसायीको उत्थानका लागि महासंघले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताए । कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भएपनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उनले बताए ।
ढकालले भने, ‘देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ । बैंकको ब्याजदेखि घरभाडासम्मका कुरा आउँछन् । आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ । यसका लागि सरकारलाई हामीले बारम्बार घच्घच्याइरहेका छौँ ।’
संघको नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुने उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले बताए । सो पदका लागि ३३ जनाको उम्मेदवारी रहेकाले बिहीबार निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टिम चुनावी मैदानमा छ । सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन् । उनीहरु निर्वाचनमा सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण