बादलको प्रश्न : मदन–आश्रितको हत्या किन भयो ?
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या किन भयो भनेर प्रश्न गरेका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको समेत बताए ।
‘मदन–आश्रितको हत्या ५० सालमा किन भयो ? त्यसको पछाडि राजनीतिक कारण छ’, थापाले भने, ‘मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’ उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरे ।
उनले हालै एमालेबाट छुट्टिएको माधव नेपाल पक्षलाई ‘दक्षिणपन्थी समूह’ को संज्ञा दिदै एमालेले समाजवादी धारको नेतृत्व गरिरहेकाले आफुहरुको विजय निश्चित भएको बताए । उनले समाजवादी र क्रान्तिकारी धारको एमालेले नेतृत्व गरिरहेकाले सबै नेता कार्यकर्ताले आत्मसात गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै आगामी दिनमा राज्यका सवै सत्तामा एमालेले कब्जा जमाउने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण